1 Chronicles 1:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एबेरका दुई छोराहरू थिए। एउटाको नाम पेलेग थियो किनभने त्‍यसको जीवनकालमा मानिसहरू दल-दल भएर छुट्टिएका थिए। अर्कोको नाम योक्तान थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एबेरका दुई छोराहरू थिए: एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वी विभक्त गरिएको थियो। तिनका भाइको नाउँ योक्तान थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
Nepali ERV (पवित्र बाइबल)
एबेरका दुइ छोराहरू थिए। एउटा छोराको नाउँ पेलेग थियो, किनभने तिनको जीवनकालमा पृथ्वीका मानिसहरूको विभिन्न भाषाहरूमा विभाजन भएका थिए। पेलेगको भाइको नाउँ योक्तान थियो।