1 Chronicles 1:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[43-50] इस्राएलमा राजा हुनुअघि एदोम देशमा यी तल नाम लेखिएका राजाहरूले एउटापछि अर्को गरेर राज्‍य गरे: दिन्‍हावा सहरका बओरको छोरो बेला बोज्राका जेरहको छोरो योबाब तेमानका हूशाम अवीतका बददको छोरो हदद (उनले मोआब देशमा मिद्यानीहरूलाई लडाइँमा जिते।) मास्रेकाका सम्‍ला नदीको किनारको रहोबोतका बासिन्‍दा शौल अक्‍बोरको छोरो बाल-हानान पाऊ सहरका हदद (तिनले मत्रेदकी छोरी मेजाहाबकी नातिनी महेतबेललाई विवाह गरेका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलमा राजा हुनुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै हुन्‌: बओरका छोरा बेला, जसको सहर दिन्‍हावा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: बओरका छोरा बेला, जसको सहरको नाम दिन्हावा राखियो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलमा राजाहरू हुनु भन्दा धेरै अघि नै एदोममा राजाहरू थिए, एदोमका राजाहरूका नाउँ यी हुनः पहिलो राजा बओरको छोरा बेला थिए। बेलाको शहरको नाउँ दिनहाबा थियो।