1 Chronicles 10:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै साहसी वीरहरू गएर शाऊल र उनका छोराहरूका लाश ल्याए र याबेशमा पुर्याए। तिनीहरूले ती लाश त्यहाँ एउटा फलाँटको रूखमुनि गाडे र सात दिनसम्म उपवास बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शाऊल र तिनका छोराहरूका मृत-शरीर ल्याउन तिनीहरूका वीर-वीर मानिसहरू एकसाथ गए। तिनीहरूले ती याबेशमा ल्याए, र तिनीहरूका हड्डीहरू त्यहाँ झ्याउको बोटमुनि गाड़े, र सात दिनसम्म तिनीहरू उपवास बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूका सबै वीर मानिसहरू गएर शाऊल र तिनका छोराहरूका मृत शरीर याबेशमा ल्याए। त्यसपछि उनीहरूले तिनीहरूका हड्डीहरू याबेशको ठूलो रूखमुनि गाडे; र उनीहरू सात दिनसम्म उपवास बसे।
Nepali ERV (पवित्र बाइबल)
याबेश गिलादको सबै साहसी मानिसहरू लिएर शाऊल अनि उसका छोराहरूका मृतदेहहरू लिन गए। तिनीहरूले ती मृतदेहहरू याबेश गिलादमा ल्याए। तिनीहरूले शाऊल अनि तिनका छोराहरूको हड्डीहरू याबेशमा एक विशाल रूखमुनि गाडे। त्यस पछि तिनीहरू सात दिनसम्म उपवास बसे।