1 Chronicles 10:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[13-14] शाऊल मरे किनभने तिनी परमप्रभुप्रति विश्वासयोग्य भएका थिएनन्। तिनले परमप्रभुका आज्ञा मानेनन् र परमप्रभुको सट्टा भूत-प्रेत खेलाउनेहरूसित सल्लाह लिएर अगुवाइ खोज्ने चेष्टा गरे। यसकारण परमप्रभुले उनलाई मार्नुभयो र उनको राज्यको शासन यिशैका छोरा दाऊदलाई दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी शाऊलले आफ्नो अविश्वासले गर्दा ज्यान गुमाउनुपर्यो। तिनले परमेश्वरको वचनलाई उल्लङ्घन गरेर भूतप्रेत खेलाउनेको सरसल्लाह लिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलको मृत्यु भयो; किनकि तिनी याहवेहप्रति विश्वासयोग्य थिएनन्। त्यसकारण तिनले याहवेहको वचन पालन गरेनन्, तब तिनले अगुवाइको निम्ति तन्त्रमन्त्रको सल्लाह लिए;
Nepali ERV (पवित्र बाइबल)
शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा भूतप्रेत खेलाउने कहाँ गए अनि तिनको सल्लाह मागे।