1 Chronicles 10:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब यिजरेलका बेसीमा बास गर्ने इस्राएलीहरूले सेना भाग्‍यो र शाऊल र उनका तीन भाइ छोराहरू मरे भनी सुने, तिनीहरू आफ्‍ना सहरहरू छोडी भागे। त्‍यसपछि पलिश्‍तीहरू आए र सहर कब्‍जा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब बेँसीमा भएका सबै इस्राएलीहरूले आफ्‍ना सेना भागेका र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू पनि त्‍यसै गरी आफ्‍ना सहरहरू छोड़ेर भागे। अनि पलिश्‍तीहरू त्‍यहाँ गएर तिनलाई कब्‍जा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बेँसीमा भएका सारा इस्राएलीहरूले सेनाहरू भागिरहेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। अनि पलिश्तीहरू आएर तिनीहरूका सहरहरू कब्जा गरे।
Nepali ERV (पवित्र बाइबल)
बेंसीमा बस्ने सबै इस्राएलका मानिसहरूले देखे कि तिनीहरूका आफ्नै सेना भागे। तिनीहरूले देखे कि शाऊल अनि तिनका छोराहरू मरे। यसर्थ तिनीहरूले आफ्ना शहरहरू छोडे र भागे। तब पलिश्ती मानिसहरू इस्राएलका मानिसहरूले छाडेका शहरहरूमा आए अनि पलिश्ती मानिसहरू ती शहर कब्जागरि बसे।