1 Chronicles 11:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदका नाम चलेका सिपाहीहरू यिनीहरू हुन्। इस्राएलका बाँकी मानिसहरूसित मिलेर परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार तिनीहरूले उनलाई राजा हुन सघाए र उनको राज्‍य दरिलो बनाइराखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको सरकार गठन गर्नमा पूर्ण सहायता दिने, र जम्‍मै इस्राएलका साथ परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ तिनलाई राजा तुल्‍याउनमा मदत गर्ने दाऊदका वीर-वीर मानिसहरूमा प्रधानहरू यी नै हुन्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदका वीर योद्धाहरूका अगुवाहरू यिनै थिए जसले सारा इस्राएलसँग मिलेर याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, सम्पूर्ण देशमा दावीदको राज्य बलियो बनाउन दरिलो सहारा दिए।
Nepali ERV (पवित्र बाइबल)
यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी बीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।