1 Chronicles 11:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती ‘तीन प्रख्यात’ सिपाहीहरू आफ्ना पाखुराका बलले पलिश्तीहरूका छाउनी बीचबाट छिरेर गए र त्यस कुवाबाट केही पानी उघाएर दाऊदकहाँ ल्याए। तर उनले पानी पिउन मानेनन् बरु त्यो परमप्रभुलाई भेटीस्वरूप चढाए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले ती तीन जना वीरहरू पलिश्तीहरूका पङ्क्तिबाट छिरिगएर बेथलेहेमको मूल ढोकाका छेउको कूवाबाट पानी उघाएर दाऊदकहाँ ल्याए। तर दाऊदले त्यो पिउन इन्कार गरे। बरु तिनले त्यो पानी परमप्रभुको अगि खन्याएर भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती तीन जना पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए।
Nepali ERV (पवित्र बाइबल)
तर ती तीन जना वीरहरूले पलिश्ती सेनाहरूको बीच भएर युद्धगर्दै बाटो पैल्याए र यी तीन व्यक्तिहरूले बेतलेहेमको शहरद्वार छेउको कूवाबाट केही पानी लिए। तब ती तीन वीरहरूले ल्याएको पानी दाऊदकहाँ ल्याए। दाऊदले पानी पिउन अस्वीकार गरे। तिनले त्यो पानी परमप्रभुलाई भेटीको रूपमा भूइँमा खन्याए।