1 Chronicles 11:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआबको भाइ अबीशै ‘तीस जना मुख्य’ का अगुवा थिए। उनले भाला लिएर तीन सय जनासँग लडे। तिनीहरू सबैलाई मारे र ‘तीस जना मुख्य’ का बीचमा प्रसिद्ध भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। एक पल्ट तिनले तीन सय जनामाथि भाला चलाएर तिनीहरूलाई मारे, र यसरी ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती तीन जनाका अगुवाचाहिँ योआबका भाइ अबीशै थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए।
Nepali ERV (पवित्र बाइबल)
योआबका भाइ अबीशै यी तीन बीरहरूका प्रधान थिए। तिनले आफ्ना भाला द्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशै ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।