1 Chronicles 11:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘तीस जना मुख्‍य’ मध्‍ये उनी सबैभन्दा प्रसिद्ध थिए र तिनीहरूका अगुवा भए तर उनी ‘तीन प्रख्‍यात’ जतिचाहिँ प्रसिद्ध भएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती तीन जनाले भन्‍दा तिनले बढ़ी सम्‍मान प्राप्‍त गरेर तिनीहरूका कप्‍तान भए, तर तिनी ती तीन जनामध्‍ये गनिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीशैले ती तीन जनाले भन्दा दोबर सम्मान पाए। यद्यपि तिनी ती तीन जनामध्येका थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए।
Nepali ERV (पवित्र बाइबल)
अबीशै ती तीस जना वीरहरू भन्दा दोबर प्रसिद्ध थिए। तिनी ती तीन वीरहरू मध्ये एक नभएता पनि तिनी तीसजनाका अगुवा थिए।