1 Chronicles 11:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊद राजाकहाँ आए। तिनले तिनीहरूसँग एउटा पवित्र सन्धि गरे। तिनीहरूले दाऊदलाई अभिषेक गरे र जसरी परमपभुले शमूएलद्वारा प्रतिज्ञा गर्नुभएको थियो, त्यसरी उनी इस्राएलका राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, तब त्यहीँ नै तिनले परमप्रभुको सामुन्ने तिनीहरूसित करार बाँधे। परमप्रभुले शमूएलको मुखद्वारा भन्नुभएझैँ तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब दावीदले हेब्रोनमा याहवेहको सामु तिनीहरूसित एउटा करार बाँधे। याहवेहले शमूएलद्वारा प्रतिज्ञा गर्नुभएजस्तै तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका सबै बूढा-प्रधानहरू हेब्रोन शहरमा दाऊद कहाँ आए। दाऊदले हेब्रोनमा परमप्रभु समक्ष ती बूढा-प्रधानहरूसित एक करार गरे अनि ती बूढा-प्रधानहरूले दाऊदलाई अभिषेक गरे। तिनीहरूले तिनलाई इस्राएलका राजा बनाए। परमप्रभुले यसो हुन्छ भनी वचन दिनु भएको थियो। परमप्रभुले त्यो वचन दिनुका निम्ति शमूएलाई प्रयोग गर्नु भएको थियो।