1 Chronicles 11:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले भने, “कुनै यबूसीलाई मार्ने पहिलो व्‍यक्ति सेनापति बनाइनेछ!” योआब, जसकी आमा सरूयाह थिइन्, लडाइँ गर्दै अघि बढे र सेनापति भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले भनेका थिए, “यबूसीहरूलाई आक्रमण गर्ने पहिलो मानिस एक सेनापति हुनेछ।” त्‍यहाँ उक्‍लने पहिलो मानिस सरूयाहका छोरा योआब भए। यसैले तिनी सेनापति भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले भनेका थिए, “जसले यबूसीहरूमाथि पहिले आक्रमण गर्छ, त्यो सेनापति हुनेछ।” तब सरूयाहका छोरा योआबले पहिले आक्रमण गरे, र तिनी सेनापति भए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।