1 Chronicles 11:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डाँडाको पूर्वपट्टि माटो भरेर जमिन ठीक पारेको ठाउँमा सुरु गरी उनले सहर नयाँ बनाए। योआबले सहरको बाँकी भाग सुधारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले टेवा दिने गाराहरूबाट चारैतिरको पर्खालसम्म किल्लाको वरिपरि सहर बनाए, र योआबले चाहिँ बाँकी सहरको पुनर्निर्माण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले कौसीदेखि लिएर चारैतिरका पर्खालहरूसम्म वरिपरि सहरको निर्माण गरे; अनि योआबले चाहिँ बाँकी रहेको सहर पुनर्स्थापित गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले किल्ला वरिपरि शहर बसाए। तिनले यो मिल्लो देखि शहर वरिपरिको सबै ठाउँमा पर्खाल बनाए। योआबले शहरका अन्य भागको मर्मत गरे।