1 Chronicles 12:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाद कुलका यी मानिसहरूमध्ये कोही-कोही जेठा-बाठा थिए र हजार-हजार सेनादलका कप्तान थिए र अरूहरूचाहिँ तल्लो दर्जाका र सय-सयका कप्तान थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी गादीहरू सेनाका सेनापतिहरू थिए। तिनीहरूमध्येका सबैभन्दा साना एक सयको दाँजो गर्न सक्ने र सबैभन्दा ठूलाचाहिँ एक हजारको दाँजो गर्न सक्ने थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी गादीहरू सेनाका सेनापतिहरू थिए; जसमा सबैभन्दा कमजोर एक सय सेना बराबर र सबैभन्दा बलियाचाहिँ एक हजार सेना बराबरका थिए।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू गादी सेनाका प्रधानहरू थिए। त्यस समूहका सबैभन्दा कमजोर सैनिकले पनि शत्रुका एकसय सैनिकहरूसित युद्ध गर्न सक्थे। त्यो परिवार समूहका सबै भन्दा बलवान सैनिक शत्रुका एकहजार सैनिकहरूसित युद्ध गर्नसक्थे।