1 Chronicles 12:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिलो वर्षको पहिलो महिनामा यर्दन नदीमा बाढी आएर दुवै किनार पानीले भरिएका बेलामा तिनीहरूले नदी पार गरे र नदीका पूर्व र पश्‍चिमका बेसीहरूमा बास गर्ने मानिसहरूलाई छरपष्‍ट पारेर धपाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा जब यर्दन नदी त्‍यसका सबै किनारसम्‍म बढ़ेर भरिएको थियो तब यर्दन तरेर त्‍यसका पूर्व र पश्‍चिमका बेँसीहरूमा बस्‍ने सबै मानिसहरूलाई भगाएर धपाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा यर्दन नदी तरेका थिए; जुन बेला नदीको पानी किनारसम्मै उर्लेर आएको थियो। अनि यिनीहरूले नै पूर्व र पश्‍चिमतिर बेँसीहरूमा बसेका सबै मानिसहरूलाई भगाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
गाद कुल समूहका मानिसहरू सैनिक थिए जो वर्षको पहिलो महीना यर्दन नदी पारी जान्थे। त्यो वर्षाको समय थियो जब यर्दन नदीमा बाढी आइरहेथ्यो। तिनीहरूले बेंसीहरूमा बस्ने सबै मानिसहरूलाई खेदी पठाए। तिनीहरूले ती मानिसहरूलाई पूर्व र पश्चिम तिर खेदे।