1 Chronicles 12:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद तिनीहरूलाई भेट्‍न आए र भने, “यदि तिमीहरू मलाई सहायता गर्न मित्रभावमा आएका हौ भने यहाँ तिमीहरूलाई स्‍वागत छ। हामीसित मिल! तर मैले तिमीहरूलाई केही दु:ख दिने चेष्‍टासम्‍म नगरे तापनि यदि तिमीहरू धोका दिएर मलाई शत्रुका हातमा दिन चाहन्‍छौ भने हाम्रा पुर्खाहरूका परमेश्‍वरले त्‍यो जान्‍नुहुनेछ र तिमीहरूलाई दण्‍ड दिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद तिनीहरूलाई भेट्‌न बाहिर निस्‍केर भने, “यदि तिमीहरू मलाई सहायता गर्न शान्‍तिमा आएका हौ भने मतर्फ लाग, र म तिमीहरूलाई स्‍वागत गर्नेछु। तर यदि म कुनै हत्‍याको दोषी नहुँदै पनि तिमीहरू धोकाबाजी गरेर मलाई मेरा शत्रुहरूका हातमा दिन आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्‍वरले यो हेरेर न्‍याय गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद तिनीहरूलाई भेट्न बाहिर निस्केर आए, र तिनीहरूलाई भने, “यदि तिमीहरू मकहाँ मिलापको लागि र मेरो सहायताको लागि आएका हौ भने म तिमीहरूसँग मिलाप गर्न तयार छु; तर म निर्दोष हुँदा-हुँदै पनि तिमीहरूले मलाई धोका दिएर मेरा शत्रुहरूको हातमा सुम्पनलाई आएका हौ भने हाम्रा पुर्खाहरूका परमेश्‍वरले यो कुरा देखून्, र तिमीहरूको न्याय गरून्।”
Nepali ERV (पवित्र बाइबल)
दाऊद तिनीहरूलाई भेट्न बाहिर गए। दाऊदले तिनीहरूलाई भने, “यदि तिमीहरू शान्तिसित मलाई सहायता गर्न आएका हौ भने म तिमीहरूलाई स्वागत गर्छु। मेरो साथ बस। तर यदि तिमीहरू मेरो जासूसी गर्न आएका हौ भने, जब मैले केही नराम्रो गरेको छैन् तब हाम्रा पिता-पुर्खाहरूका परमेश्वरले हेर्नु हुनेछ तिमीहरूले के गर्यौ भनी अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”