1 Chronicles 12:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनश्शे कुलबाट केही सिपाहीहरू दाऊदपट्टि लागे। त्यस बेला दाऊद पलिश्तीहरूको साथमा शाऊल राजाको विरुद्धमा लडाइँ गर्न जाँदै थिए। वास्तवमा तिनले पलिश्तीहरूलाई मद्दत गरेनन् किनभने हामीलाई धोका दिई आफ्ना पुराना मालिक शाऊलका हातमा दाऊदले पारिदिनेछन् भनेर पलिश्ती राजाहरू डराउँथे। यसकारण तिनीहरूले दाऊदलाई सिक्लगमा फर्काए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊद शाऊलको विरुद्ध पलिश्तीहरूसँग लागेर लड्नलाई गए, तब मनश्शेका कुनै-कुनै मानिसहरू दाऊदतर्फ लागे। यद्यपि वास्तवमा तिनी पलिश्तीहरूतर्फ लागेर लड़ाइँ त गरेनन्, किनभने पलिश्तीहरूका शासकहरूले आपसमा यस्तो सल्लाह गरेर तिनलाई फर्काइदिए, “तिनले त आफ्ना मालिक शाऊलको निम्ति हामीलाई त्याग्नेछन्, र यसले गर्दा हामीहरूले आफ्ना प्राण गुमाउनुपर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीद पलिश्तीहरूसँग शाऊलको विरुद्धमा लडाइँ गर्न गएका थिए, तब मनश्शेका केही मानिसहरूले शाऊललाई छाडेर दावीदलाई पछ्याए। (दावीद र तिनका मानिसहरूले पलिश्तीहरूलाई सहायता गरेनन्; किनकि पलिश्तीहरूको सरसल्लाहपछि तिनीहरूका शासकहरूले दावीदलाई फिर्ता पठाइदिए। तिनीहरूले भने, “यदि दावीदले आफ्ना मालिक शाऊलसँग मिलेर हामीलाई त्यागिदिए भने हामीले हाम्रा टाउकाको मूल्य चुकाउनुपर्नेछ।”)
Nepali ERV (पवित्र बाइबल)
मनश्शेका कुल समूहका केही मानिसहरू पनि दाऊदसित मिले। जब तिनीहरू दाऊदसित मिले तब तिनी पलिश्तीहरूका साथ शाऊलसित युद्ध गर्न गए। तर दाऊद अनि तिनका मानिसहरूले पलिश्तीहरूलाई वास्तवमा सहायता गरेनन्। पलिश्ती प्रधानहरूले तिनीहरूलाई दाऊदले सहायता गरिरहेछन् भन्ने विषयमा कुरा गरे, तब तिनीहरूले तिनलाई पठाइदिने निश्चय गरे। ती शासकहरूले भने, “यदि दाऊद तिनका मालिक शाऊल कहाँ फर्के भने हाम्रा शिरहरू काटिने छन्।”