1 Chronicles 12:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद फर्केर आइरहेका बेलामा उनीपट्टि लाग्‍ने मनश्‍शे कुलबाट आएका सिपाहीहरू यी नै थिए— अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। मनश्‍शेमा तिनीहरूले हजार-हजारका सैन्‍य दलका कप्‍तानका काम गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद सिक्‍लगमा हुँदा तिनीतर्फ लागेर आउने मनश्‍शेका मानिसहरू यी नै थिए: अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। यिनीहरू मनश्‍शेका हरेक एक-एक हजारका सेनानीहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीद सिक्लगमा गए, तब उनीसँग मिल्न आएका मनश्शेका मानिसहरू यिनीहरू नै थिए: अदनाह, योजाबाद, यदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। मनश्शेको कुलबाट यिनीहरू हजार सैन्य दलमाथिका अगुवाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
यी मनश्शेका मानिसहरू थिए जो दाऊदसँग मिलेका थिए जब तिनी सिक्लग शहर गएः अदनाह, योजाबाद, यदीएल, मीकाएल, योजाबाद, एलीहू अनि सिल्लतै। यी सबै जना मनश्शेका कुल समूहबाट सेना अध्यक्षहरू थिए।