1 Chronicles 12:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदकहाँ तिनीहरूले फौजका अधिकृत भएर सेवा गरे किनभने तिनीहरू सबै शूरवीर सिपाहीहरू थिए। पछिबाट तिनीहरू इस्राएली सेनामा अधिकृत भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनभने तिनीहरू सबै असल योद्धा थिए, र तिनीहरू दाऊदको फौजमा सेनापति थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले दावीदलाई लुटपाट गर्ने सैनिक दलहरूका विरुद्धमा सहायता गरे; किनकि तिनीहरू सबै वीर योद्धाहरू र तिनका सेनाका सेनापतिहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले दाऊदलाई नराम्रा मानिसहरूसित लड्न सहायता गरेका थिए। ती नराम्रा मानिसहरू देशको चारै तिर गएर मानिसहरूका सामानहरू चोर्थे। मनश्शेका यी सबै मानिसहरू साहसी सैनिकहरू थिए। तिनीहरू दाऊदका सेना प्रधानहरू भए।