1 Chronicles 12:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै सिपाहीहरू लड्न तयार भई दाऊदलाई सारा इस्राएलका राजा बनाउने सङ्कल्प लिएर हेब्रोनमा गए। इस्राएलका बाँकी मानिसहरू पनि त्यही उद्देश्य लिएर एक भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै योद्धाहरू, लड़ाइँको निम्ति सुसज्जित मानिसहरू सारा इस्राएलमाथि दाऊदलाई राजा तुल्याउन दृढ़ सङ्कल्प गरेर हेब्रोनमा आए। बाँकी इस्राएलीहरूको पनि तिनलाई राजा तुल्याउने एउटै विचार थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै लडाकु मानिसहरू थिए, र स्वेच्छापूर्वक सबै दर्जामा सेवा गर्न राजी थिए। तिनीहरू दावीदलाई इस्राएलमाथि राजा बनाउने दृढ संकल्प लिएर हेब्रोनमा आए। बाँकी सबै इस्राएलीहरू पनि दावीदलाई राजा बनाउन एउटै मनका भए।
Nepali ERV (पवित्र बाइबल)
ती सबै मानिसहरू साहसी लडाकुहरू थिए। तिनीहरू दाऊदलाई राजा तुल्याउन दृढ संकल्प गरेर हेब्रोनमा आएका थिए। समस्त इस्राएलका राजा बनाउन पूर्ण सहमत भएर हेब्रोन शहरमा इस्राएलका अन्य सबै मानिसहरू पनि दाऊद राजा हुनु पर्छ, भन्ने कुरामा सहमत थिए।