1 Chronicles 13:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ सन्‍दुक तीन महिनासम्‍म रह्यो र परमप्रभुले ओबेद-एदोमका परिवारलाई र उनीसित भएका हरेक थोकमाथि आशीर्वाद दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी सन्‍दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्‍म रह्यो, अनि परमेश्‍वरले ओबेद-एदोमको घराना र तिनका घरमा भएका सबैलाई आशिष् दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको सन्दुक ओबेद-एदोमकहाँ तीन महिनासम्म रह्‍यो। याहवेहले तिनको घराना र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
करारको सन्दूक ओबेद-एदोमका परिवारसित उनको घरमा तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोमका परिवारलाई अनि ओबेद एदोमका हरेक वस्तुलाई आशिष दिनुभयो।