1 Chronicles 13:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले इस्राएलका सबै मानिसहरूलाई यो घोषणा गरे, “यदि तिमीहरू राजी छौ र परमप्रभु हाम्रा परमेश्‍वरको पनि त्‍यस्‍तै इच्‍छा छ भने लौ हामी हाम्रा बाँकी देशवासीहरूकहाँ र सहर-सहरका पूजाहारी र लेवीहरूकहाँ खबर लाने मानिसहरू पठाऔं र सबैलाई यहाँ हामीसित एक ठाउँमा भेला हुन बोलाऔं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले इस्राएलका जम्‍मै समुदायलाई भने, “यदि तपाईंहरू सम्‍मति दिनुहुन्‍छ, र यदि परमप्रभु हाम्रा परमेश्‍वरले बाटो खोलिदिनुभयो भने, हामी इस्राएलका सबै इलाकाहरूमा बाँकी रहेका हाम्रा कुटुम्‍बहरू र तिनीहरूका सहर र चरनहरूमा बस्‍ने पूजाहारी र लेवीहरूलाई हामीसँग मिल्‍न आऊन्‌ भनी समाचार पठाऔं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले इस्राएलका सारा समुदायलाई भने, “यदि तपाईंहरूलाई असल लाग्यो, र याहवेह हाम्रा परमेश्‍वरको इच्छा यही हो भने हामी इस्राएलको प्रान्तभरि टाढा वा नजिक रहेका हाम्रा बाँकी दाजुभाइहरूकहाँ र तिनीहरूसँग तिनीहरूकै नगर र खर्कहरूमा रहेका पुजारीहरू र लेवीहरूलाई हामीकहाँ आउन र हामीसँग सामेल हुन खबर पठाऔँ।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊदले इस्राएली मानिहसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाईहरूलाई हामी सन्देश पठाऔं साथै पूजाहारीहरू अनि लेवीहरू कहाँ पनि सन्देश पठाऔं जो हाम्रा दाज्यू-भाईहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस्।