1 Chronicles 13:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी दाऊदले सारा देशबाट दक्षिणमा मिश्रदेशका सिमानादेखि उत्तरमा हमात घाटीसम्‍मका इस्राएलीहरूलाई किर्यत-यारीमबाट करारको सन्‍दुक यरूशलेममा ल्‍याउने विचारले भेला गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले किर्यत-यारीमबाट परमेश्‍वरको सन्‍दूक ल्‍याउन मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्‍मका जम्‍मै इस्राएलीहरूलाई दाऊदले भेला गराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले इजिप्टमा भएको शीहोर नदीदेखि लेबो-हमातसम्मका सबै इस्राएलीहरूलाई किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक ल्याउन भनी भेला गराए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ दाऊदले मिश्रदेशको शिहोर नदी देखि लेबो हमात शहर सम्मका सबै इस्राएलका मानिसहरूलाई भेला गरे। करारको सन्दूकलाई किर्यत-यारीमबाट फर्काई ल्याउँदा तिनीहरू साथमा आए।