1 Chronicles 14:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टुरोसका राजा हीरामले दाऊदकहाँ एक व्यापारी दल पठाए। उनले महल बनाउन दाऊदकहाँ देवदारुका काठ अनि डकर्मी र सिकर्मीहरू पनि पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। उनले देवदारुका काठहरू र डकर्मी र सिकर्मीहरू तिनको निम्ति एउटा महल बनाउन पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टायरका राजा हीरामले दावीदका निम्ति महल निर्माण गर्नलाई देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए।
Nepali ERV (पवित्र बाइबल)
हीराम सोर शहरका राजा थिए। हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदार बृक्षका मूढाहरू, डकर्मी र सिकर्मीहरू पनि दाऊद कहाँ पठाए। हीरामले ती दाऊदको निम्ति महल निर्माण गर्नलाई पठाए।