1 Chronicles 15:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले लेवीहरूलाई भने, “तिमीहरू लेवी गोत्रका अगुवाहरू हौ। तिमीहरूले आफैं र तिम्रा लेवी बन्‍धुहरूलाई चोख्‍याओ र परमप्रभु इस्राएलका परमेश्‍वरको करारको सन्‍दुक मैले तयार पारेको ठाउँमा ल्याओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई भने, “लेवीहरूका परिवारका मुखियाहरू तिमीहरू हौ। तिमीहरू र तिमीहरूका कुटुम्‍बहरू आफू-आफूलाई पवित्र गर, र मैले त्‍यसको निम्‍ति तयार पारेको ठाउँमा परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक ल्‍याओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उनीहरूलाई भने, “तपाईंहरू लेवी परिवारका अगुवाहरू हुनुहुन्छ; तपाईंहरू र तपाईंहरूका लेवी दाजुभाइहरूले आफूलाई पवित्र गर्नुहोस्, र याहवेह इस्राएलका परमेश्‍वरको सन्दुकका निम्ति मैले तयार गरेको ठाउँमा सन्दुकलाई ल्याउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ।