1 Chronicles 15:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले लेवीका अगुवाहरूलाई भिन्ना-भिन्नै लेवीहरूलाई गीत गाउन र वीणा र झ्याम्टामा आनन्दका सङ्गीत बजाउन खटाउनू भनी आज्ञा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि दाऊदले लेवीहरूका मुखियाहरूलाई तिनीहरूका कुटुम्बहरूलाई बाजा, सारङ्गी, वीणा र झ्यालीले हर्षको सङ्गीत बजाउनमा नियुक्त गर्नू भनी हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले लेवीहरूका अगुवाहरूलाई सारङ्गी, वीणा र झ्यालीहरूले हर्षोल्लासका गीत गाउन तिनीहरूका आफन्तहरूलाई सङ्गीतकारहरू नियुक्त गर्नू भनी आज्ञा गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाईहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।