1 Chronicles 15:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-21] गायकहरूका गोत्रबाट उनीहरूले पीतलका झ्‍याम्‍टा बजाउन योएलको छोरो हेमान, तिनको आफन्‍त बेरेक्‍याहको छोरो आसाप र मरारीका गोत्रबाट कूशायाहको छोरो एतानलाई छाने। तिनीहरूलाई सघाउन उनीहरूले यी लेवीहरूलाई चर्को सोर भएका वीणाहरू बजाउन छाने— जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, मासेयाह र बनायाह। मधुरो सोरमा वीणा बजाउन तिनीहरूले यी लेवीहरूलाई छाने— मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, अजज्‍याह र मन्‍दिरका पहरादारहरू ओबेद-एदोम र यीएल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका कुटुम्‍बहरूबाट बेरेक्‍याहका छोरा आसाप, र तिनीहरूका कुटुम्‍ब मरारीहरूबाट कूशायाहका छोरा एतानलाई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण लेवीहरूले योएलका छोरा हेमानलाई नियुक्त गरे। तिनका आफन्तहरूबाट बेरेक्याहका छोरा आसाप र तिनीहरूका मरारी आफन्तहरूबाट कूशायाहका छोरा एतानलाई नियुक्त गरे।
Nepali ERV (पवित्र बाइबल)
तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाईहरू आसाप अनि एतानलाई ल्याए। हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए।