1 Chronicles 15:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी दाऊद राजा, इस्राएलका अगुवाहरू र फौजी कप्‍तानहरू करारको सन्‍दुक ल्‍याउन ओबेद-एदोमको घरमा गए र तिनीहरूले एउटा ठूलो उत्‍सव मनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका सेनानीहरू ओबेद-एदोमको घरबाट ठूलो आनन्‍दसाथ परमप्रभुका करारको सन्‍दूक ल्‍याउन गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीद र इस्राएलका प्रधानहरू र हजार-हजार सैन्यदलका सेनापतिहरू ओबेद-एदोमको घरबाट हर्षोल्‍लासकासाथ याहवेहको करारको सन्दुक ल्याउन गए।
Nepali ERV (पवित्र बाइबल)
दाऊद, इस्राएलका बूढा-प्रधानहरू अनि सेनाका कप्तानहरू करारको सन्दूक लिन गए। तिनीहरूले त्यसलाई ओबेद एदोमको घर बाहिर निकाले। प्रत्येक व्यक्ति खुशी थिए।