1 Chronicles 15:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले सबैभन्दा असल र मिहिन सुती कपडाको लबेदा लाएका थिए, त्यस्तै लबेदा गाउने-बजाउनेहरू, उनका मुखिया कनन्याह र सन्दुक बोक्ने लेवीहरूले लाएका थिए। दाऊदले त्यस्तै कपडाको एपोद पनि लाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद र सन्दूक बोक्ने सबै लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्याहले मलमलका लुगा लाएका थिए। दाऊदले मलमलको एपोद पनि लाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब दावीदले पनि सन्दुक बोक्ने सबै लेवीहरू, सङ्गीतकारहरू र गायन झुण्डका मुखिया कनायाहले जस्तै मलमलको वस्त्र लगाएका थिए। दावीदले मलमलको एपोद पनि लगाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
सबै लेवीहरू जसले करारको सन्दूक बोकेका थिए तिनीहरूले मलमलका राम्रा पोशाक लगाएका थिए। कनन्याह, गाउने जिम्माका व्यक्ति अनि सबै गायकहरूका मलमलका राम्रा पोशाकहरूमा थिए। दाऊदले पनि मलमल द्वारानिर्मित राम्रा पोशाक लगाएका थिए। अनि दाऊदले उत्तम मलमलद्वारा निर्मित एपोद पनि लाएका थिए।