1 Chronicles 16:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँलाई भन “हामीलाई बचाउनुहोस्, हे परमेश्‍वर, हाम्रो उद्धारकर्ता! हामीलाई एकसाथ भेला गर्नुहोस्; हामीलाई जाति-जातिबाट उद्धार गर्नुहोस्। र हामी धन्‍यवादी बन्‍न सकौं र तपाईंको पवित्र नामको प्रशंसा गर्न सकौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसो भनेर कराओ, “हे हाम्रा उद्धारक परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌। हामीलाई एकसाथ भेला गर्नुहोस्, र जाति-जातिहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको पवित्र नाउँमा धन्‍यवाद दिन सकौं, र तपाईंको प्रशंसामा हामी गर्व गरौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, हामीलाई बचाउनुहोस्; हामीलाई एक ठाउँमा भेला गर्नुहोस्, र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्; ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ, र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुसित भनः “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस् हामीलाई एकसाथ पारिदिनुहोस् र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्। यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं जब तपाईको स्तुति गर्छौं।”