1 Chronicles 16:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक बिहान र साँझ परमप्रभुले इस्राएललाई दिनुभएको नियमअनुसार वेदीमा तिनीहरूले पूर्ण होमबलि चढाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले सादोक पूजाहारी र तिनका सङ्गीपूजाहारीहरूलाई गिबोनमा भएको पूजा गर्ने डाँड़ाको थानमा परमप्रभुको पवित्र वासस्थानको सामु रहनलाई खटाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएबमोजिम, बिहान र बेलुकी याहवेहका निम्ति होमबलिको वेदीमा निरन्तर होमबलि चढाउन खटाए।
Nepali ERV (पवित्र बाइबल)
हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे।