1 Chronicles 16:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रशंसाको गीत गाउँदा बजाइने तुरही, झ्‍याम्‍टा र अरू बाजाहरूको जिम्‍मा पनि हेमान र यदूतूनलाई नै दिइएको थियो। यदूतूनका गोत्रका मानिसहरू ढोकाहरूमा पहरा दिने कामका लागि जिम्‍मेवार थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउने जिम्‍मा हेमान र यदूतूनलाई दिइएको थियो। यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेमान र यदूतूनचाहिँ पवित्र भजनको निम्ति तुरही फुक्ने, झ्याली बजाउने र अरू बाजाहरू बजाउन जिम्मेवार थिए।
Nepali ERV (पवित्र बाइबल)
गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे।