1 Chronicles 16:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन पहिलो चोटि दाऊदले आसाप र तिनका लेवी बन्‍धुहरूलाई परमप्रभुको प्रशंसामा गीत गाउने भार दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन आसाप र तिनका कुटुम्‍बहरूलाई परमप्रभुको निम्‍ति धन्‍यवाद चढ़ाउन दाऊदले पहिलो पल्‍ट नियुक्त गरे:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन पहिलो पटक दावीदले याहवेहलाई धन्यवादको भजन चढाउन आसाप र तिनका सहयोगीहरूलाई नियुक्त गरे:
Nepali ERV (पवित्र बाइबल)
यो त्यसबेला थियो जब दाऊदले पहिलो पल्ट आसाप अनि उनका भाइहरूलाई परमप्रभुको स्तुतिगान गर्ने काम दिएका थिए।