1 Chronicles 17:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजा आफ्नै महलमा बस्दै थिए। एक दिन तिनले नातान अगमवक्तालाई बोलाएर भने, “म यहाँ देवदारु काठले बनेको महलमा बसेको छु तर परमप्रभुको करारको सन्दुकचाहिँ एउटा पालमा छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो महलमा बसेपछि दाऊदले नातान अगमवक्तालाई भने, “म त यहाँ देवदारुको घरमा बस्दैछु, तर परमप्रभुका करारको सन्दूकचाहिँ पालमा राखिएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद आफ्नो महलमा सरिसकेपछि तिनले अगमवक्ता नातानलाई भने, “यहाँ म देवदारुको महलमा बसिरहेको छु, तर याहवेहको करारको सन्दुकचाहिँ पालमा छ।”
Nepali ERV (पवित्र बाइबल)
दाऊद आफ्ना घर गए पछि तिनले अगमवक्ता नातानलाई भने, “हेर, म देवदारको काठले बनाएको घरमा बसिरहेछु, तर करारको सन्दूक पाल मुनि राखेको छ। म परमेश्वरको निम्ति एउटा मन्दिर बनाउन चाहन्छु।”