1 Chronicles 17:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ मरेर तेरा पुर्खाहरूसित गाडिएपछि पनि म तेरो एउटा छोरोलाई राजा बनाउनेछु र त्यसको राज्यलाई बलियो बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तेरो जीवन खतम हुनेछ, र तँ तेरा पित्रहरूसित मिल्न जानेछस्, तब तेरै घरानाको एक जनालाई तेरो पछि राज्य गर्न म नियुक्त गर्नेछु, र म त्यसको राज्य स्थिर गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित मिल्नलाई जान्छस्, तब म तेरो सन्तानलाई तँपछि तेरो ठाउँमा खडा गर्नेछु, अर्थात् म तेरा छोराहरूमध्ये एक जनाको राज्य स्थापित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउनेछ। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।