1 Chronicles 17:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्‍यसका बुबा हुनेछु र त्‍यो मेरो छोरो हुनेछ। जसरी मैले शाऊलबाट आफ्‍नो प्रेम फिर्ता लिएर त्‍यसलाई हटाएँ र तँ त्‍यसको सट्टामा राजा हुन सकिस्, त्‍यसरी नै तेरो छोरोबाट म आफ्‍नो प्रेम फिर्ता लिनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्‍यसका पिता हुनेछु र त्‍यो मेरो छोरो हुनेछ। मैले तेरो अघिको शासन गर्नेदेखि मेरो प्रेम फिर्ता लिएझैँ म त्‍यसदेखि चाहिँ मेरो प्रेम कहिल्‍यै फिर्ता लिनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसको पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ। मैले शाऊलबाट आफ्नो अचुक प्रेम हटाएझैँ, म त्यसबाट आफ्नो अचुक प्रेम कहिल्यै हटाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
म उसको पिता हुनेछु अनि उ मेरो छोरा हुनेछ। तेरो अघि शाऊल राजा थियो। अनि मैले मेरो सहयोग शाऊलबाट हटाएँ। तर म तेरो छोरालाई प्रेम गर्न कहिले पनि छाडने छैन।