1 Chronicles 17:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि दाऊद राजा परमप्रभु बास गर्ने पवित्र पालमा गए, त्यहाँ बसे र प्रार्थना गरे, “परमप्रभु परमेश्वर, तपाईंले मेरो निम्ति जे-जति गर्नुभएको छ, म त्यसको योग्यको छैनँ, मेरो परिवार पनि त्यसको योग्यको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊद राजा परमप्रभुको उपस्थितिमा गए र तिनले भने, “हे परमप्रभु परमेश्वर, म को हुँ र मेरो घराना के हो र, कि तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे, र तिनले भने: “हे याहवेह परमेश्वर, म को हुँ र? मेरो परिवार के हो र, तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?
Nepali ERV (पवित्र बाइबल)
तब, राजा दाऊद पवित्र पालमा गए र परमप्रभु समक्ष बसे। दाऊदले भने, “हे परमप्रभु परमेश्वर तपाईले मेरा निम्ति अनि मेरा परिवारका निम्ति यति बिघ्न वास्ता गरिदिनु भयो। म यो किन बुझ्दिन?