1 Chronicles 17:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा सन्तानलाई आशीर्वाद दिनुहोस् र तिनीहरूले तपाईंको सामुन्ने कृपा पाइरहून् भनी म तपाईंलाई बिन्ती गर्दछु। परमप्रभु, तपाईंले तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूमाथि सदासर्वदा तपाईंको आशिष् रहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो सधैँ तपाईंको सामु रहिरहोस् भनी आफ्नो दासको घरानालाई आशिष् दिनु तपाईंलाई इच्छा भयो। किनकि तपाईंले नै त्यसलाई आशिष् दिनुभएको छ, र त्यो सदासर्वदै आशिषित हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले तपाईं आफ्नो सेवकको घरलाई आशिष् दिन प्रसन्न हुनुभएको छ; ताकि यो तपाईंको दृष्टिमा सदा बनिरहोस्; किनभने, हे याहवेह, तपाईंले नै आशिष् दिनुभएको छ; यसकारण यो सदाका लागि आशिषित रहनेछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।”