1 Chronicles 18:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनले आफ्नो छोरो हदोरमलाई दाऊद राजालाई अभिवादन गर्न र हददेजेरलाई जितेका निम्ति उनलाई बधाई दिन पठाए। तोऊले हददेजेरसित धेरैपल्ट लडाइँ गरेका थिए। हदोरमले दाऊदकहाँ सुन, चाँदी र काँसाका कोसेलीहरू ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले हददेजेरलाई लड़ाइँमा जितेको कारण तिनलाई अभिवादन र बधाई दिन उनले आफ्ना छोरा हदोरमलाई दाऊद राजाकहाँ पठाए, किनभने हददेजेर र तोऊका बीचमा युद्ध चलेको थियो। हदोरमले आफूसँग सुन, चाँदी र काँसका सबै किसिमका भाँड़ाहरू ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले आफ्नो छोरा हदोरामलाई दावीदले हददेजेरमाथि विजय पाएकोमा दावीदलाई बधाई दिन भनी पठाए; किनभने हददेजेर तोऊसँग युद्ध लडिरहेका थिए। हदोरामले सबै प्रकारका सुन, चाँदी र काँसाका चीजहरू दावीद राजाकहाँ ल्याए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तोऊले उसको छोरा हदोरामलाई दाऊद कहाँ उसलाई उसको विजयमा अभिनन्दन गर्न अनि बधाई दिन पठाए। तिनले यसो गरे किन भने दाऊद हदर-एजेरका विरूद्ध लडेका थिए अनि तिनलाई परास्त गरेका थिए। हदर-एजेरका अघि तोऊ सँग युद्ध गरेका थिए। हदोरामले दाऊदलाई सुन, चाँदी अनि कांसा द्वारा निर्मित धेरै किसिमका चीज बीजहरू दिए।