1 Chronicles 18:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि दाऊदले हमात देशको छेउमा भएको अरामी देश सोबाका राजा हददेजेरलाई हमला गरे किनभने हददेजेरले माथिल्‍लो यूफ्रेटिस नदीको किनारपट्टिको इलाका आफ्‍नो अधीनमा लिने चेष्‍टा गर्दै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूफ्रेटिस नदीको किनारमा आफ्‍नो अधिकार कायम राख्‍न जाँदा दाऊदले सोबाका राजा हददेजेरसँग हमातसम्‍म लड़ाइँ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक दावीदले सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो विजयको स्मारक खडा गर्न जाँदा तिनलाई हमातसम्मै जिते।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले हदर-एजेरको सेनाहरू विरूद्ध पनि युद्ध गरे। हदर-एजेर सोबाका राजा थिए। दाऊद ती सेनाहरूसित हमात शहरसम्म लडे। दाऊदले यसो गरे किनभने हदर-एजेरले आफ्नो राज्य यूफ्रेटिस नदी सम्म फैलाउने चेष्टा गरेका थिए।