1 Chronicles 18:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका एक हजार रथ, सात हजार घोडचढी सैनिक र बीस हजार पैदल सेना दाऊदले कब्जा गरे। एक सय रथलाई पुग्दो गरी घोडाहरू राखेर अरू सबै उनले खोरन्डा बनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीबाट दाऊदले एक हजार रथ, सात हजार सारथिहरू र बीस हजार पैदल सिपाहीहरू कैद गरे। तिनले एक सय घोड़ाबाहेक अरू सबै रथका घोड़ाहरूका खुट्टाका नशा काटिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले हदर-एजेरका 1,000 रथहरू, 7,000 सारथिहरू अनि 20,000 पैदल सैनकिहरू कब्जामा लिए। दाऊदले हदर-एजेरका बलिया घोडाहरू पनि अपाङ्ग बनाइदिए जुन चाँही रथ तान्नमा प्रयोगगरिएका थिए। तर दाऊदले 100 वटा रथहरू तान्ने प्रशस्त घोडाहरू आफ्नो निम्ति बचाइदिए।