1 Chronicles 18:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दमस्कसका अरामीहरूले हददेजेर राजालाई मद्दत दिन एक दल सेना पठाए। दाऊदले त्यस सेनालाई हमला गरे र बाईस हजार मानिसहरूलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई दमस्कसका अरामीहरू आए, तब दाऊदले उनीहरूका बाईस हजार जनालाई नाश गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
अरामी मानिसहरू दमीशक शहरबाट हदर-एजेरलाई सहायता गर्न आए। हदर-एजेर सोबाका राजा थिए। तर दाऊदले तिनलाई परास्त गरे र 22,000 अरामी सैनिकहरूलाई मारिदिए।