1 Chronicles 18:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनीहरूको देशभित्र दाऊदले सैनिक अड्डा खोले र तिनीहरू उनका प्रजा भए र राजकर तिरे। सबैतिर दाऊदलाई परमप्रभुले विजयी तुल्‍याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र ती अरामीहरूको राज्‍य दमस्‍कसमा छाउनी बसाले। उनीहरू तिनका अधीनमा भएर तिनलाई कर तिर्ने गरे। यसरी दाऊद जहाँ गए तापनि परमप्रभुले तिनलाई विजयी तुल्‍याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर तिनलाई सलामी ल्याए। दावीद जहाँ गए तापनि याहवेहले तिनलाई विजय दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले अराममीहरूको राज्य दमीशका शहरमा सेना लगेर बसाए। अरामी मानिसहरू दाऊदका सेवक भए अनि तिनीकहाँ कर ल्याउन थाले। यसरी परमप्रभुले दाऊदलाई जहाँ गए ता पनि विजय गराउनुभयो।