1 Chronicles 18:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हददेजेरले शासन गरेका तेबह र कून सहरहरूबाट काँसा पनि धेरै मात्रामा उनले लगे। (पछिबाट सोलोमनले ती काँसा मन्दिरको निम्ति कुण्ड, स्तम्भ र भाँडा-कुँडा बनाउने काममा लाए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्याए। यसैबाट सोलोमनले काँसाको एउटा विशाल खड्कुँलो, स्तम्भहरू र काँसाका विभिन्न भाँड़ाहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले हददेजेरका सहरहरू तेबाह र कूनबाट धेरै मात्रामा काँसा ल्याए, जसलाई सोलोमनले काँसाका खड्कुँलो, खम्बाहरू र काँसाका विभिन्न चीजहरू बनाउनमा प्रयोग गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले तेबह अनि कून-शहरहरूबाट धेरै मात्रामा काँसा पनि ल्याए। ती शहरहरू हदर-एजेरका थिए। पछि सुलेमानले त्यो काँसालाई काँसाको कुण्ड, काँसाका स्तम्भ र काँसाका विभिन्न भाँडाहरू मन्दिरको निमार्ण गर्नको निम्ति प्रयोगगरे।