1 Chronicles 19:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुका दलले अगाडि र पछाडिबाट हमला गर्नेरहेछन् भनी योआबले देखे र इस्राएलका सबैभन्दा असल लडाकु सैनिकहरूलाई छानेर अरामीहरूको सामुन्‍ने मोर्चा बाँधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब योआबले आफूलाई अगि र पछि दुवैतिर लड़ाइँले घेरेको थाहा पाए, तब तिनले कुनै-कुनै चुनिएका असल इस्राएली फौजलाई अरामीहरूको सामना गर्न पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए।
Nepali ERV (पवित्र बाइबल)
योआबले देखे कि तिनीसित लड्नका निम्ति दुइ सैन्यदलहरू तयार थिए। एक दल तिनको सामुन्ने थियो अनि अर्को दल तिनका पछिल्लतिर थियो। यसर्थ योआबले इस्राएलका केही सर्वोत्तम सैनिकहरूलाई छाने। तिनले तिनीहरूलाई अरामका सेना विरूद्ध लड्न पठाए।