1 Chronicles 19:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामीहरू भागेका देखेर अम्मोनीहरू अबीशैका सामुन्नेबाट भागे र सहरभित्र पसे। त्यसपछि योआब यरूशलेममा फर्किए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अम्मोनीहरूले अरामीहरूलाई भागेका देखेर उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब यरूशलेममा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अम्मोनीहरूले अरामीहरू भागेका देखे, तब तिनीहरू पनि तिनका भाइ अबीशै र तिनका सेनाहरूको सामुबाट भागेर सहरभित्र पसे। त्यसपछि योआब यरूशलेममा फर्केर गए।
Nepali ERV (पवित्र बाइबल)
अम्मोनी सेनाहरूले अरामका सेनाहरू भागिरहेको देखे यसर्थ तिनीहरू पनि भागे। तिनीहरू अबीशै र तिनका सेना देखि भागे। अम्मोनीहरू आफ्ना शहरमा फर्के अनि योआब यरूशलेम फर्केर गए।