1 Chronicles 19:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो कुरा सुनेर दाऊदले इस्राएली सेनालाई भेला गरे, यर्दन नदी पार गरे र तिनीहरूलाई अरामीहरूको सामुन्ने खडा गरे। लडाइँ सुरु भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूको यो कुरा दाऊदलाई सुनाइयो। तब तिनले झट्टै इस्राएलका सबै फौजलाई भेला गरेर यर्दन नदी पार गरी उनीहरूसँग लड़ाइँ गर्न मोर्चा बाँधे। अरामीहरूले पनि त्यस्तै गरी दाऊदको सामना गर्न मोर्चा बाँधेर तिनीसँग लड़ाइँ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यो कुरा दावीदलाई भनियो, तब तिनले सारा इस्राएललाई भेला गराएर यर्दन नदी तरे; दावीद उनीहरूको विरुद्धमा अगि बढे, र तिनीहरूको विरुद्धमा युद्धको मोर्चा बाँधे। दावीदले अरामीहरूसँग युद्ध गर्नलाई आफ्नो पङ्क्ति बाँधे, र तिनीहरूले दावीदको विरुद्धमा युद्ध गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले समाचार सुने कि अरामका मानिसहरू युद्धका निम्ति एकत्रित भइरहेका छन्। यसर्थ दाऊदले इस्राएलका सबै मानिसहरूलाई एकजुट गराए। दाऊदले तिनीहरूलाई यर्दन नदी पारी लगे। तिनीहरू अरामीहरूको आमने-सामने भए। दाऊदले आफ्ना सेनालाई युद्धका निम्ति तयार हुनु हुकुम गरे अनि तिनीहरूले अरामीहरूलाई आक्रमण गरे।