1 Chronicles 19:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्मोनी अगुवाहरूले आफ्ना राजालाई भने, “के दाऊदले आफ्नो दु:ख प्रकट गर्न तपाईंको बुबाको सम्मान्मा यी मानिसहरूलाई पठाएका हुन् भनी सोच्नुहुन्छ? त्यो हुँदै होइन! तिनले त हामीलाई अधीन गर्न तिनीहरूलाई पठाएका हुन्! जासूस बनाई जाँचबुझ गर्न पठाएका हुन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अम्मोनी भारदारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई मान गरेका हुन् भनी के तपाईं सम्झनुहुन्छ? तपाईंको देश कसरी नाश गर्न भनी जान्न पठाएका दाऊदका यी मानिसहरू त तिनका जासूसहरू होइनन् र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अम्मोनी भारदारहरूले हानूनलाई भने, “के तपाईं दावीदले तपाईंकहाँ सहानुभूति दर्शाउन मानिसहरू पठाएर तपाईंका पितालाई सम्मान दिइरहेका छन् भनी ठान्नुहुन्छ? होइन, तिनका मानिसहरू यस देशको भेद लिन र यस देशलाई परास्त गर्नलाई तपाईंकहाँ आएका हुन्।”
Nepali ERV (पवित्र बाइबल)
तर अम्मोनी प्रधानहरूले हानूनलाई भने, “मूर्ख नबन्नुहोस्। दाऊदले वास्तवमा यी मानिसहरू तपाईलाई सहानुभूति दिन वा तपाईंका मृत पिता प्रति सम्मान जनाउन पठाएका होइनन्, दाऊदले तिनका समाचारवाहकहरूलाई तपाईंको देशको जासूसी गर्न भनी पठाएका हुन। दाऊदले वास्तवमा तपाईंको देशलाई ध्वंश पार्न चाहन्छन्।”