1 Chronicles 19:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू घर फर्कन साह्रै लजाए। के भएको थियो, त्‍यो जब दाऊदले सुने, उनले तिनीहरूलाई फेरि दाह्री नबढेसम्‍म यरीहोमा नै बस्‍दै गर्न खबर पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूमाथि गरिएको त्‍यो व्‍यवहारको विषय दाऊदले सुने, तब तिनले तिनीहरूसित भेट गर्न समाचारवाहकहरू पठाए, किनकि तिनीहरूको साह्रै बेइज्‍जत गरिएको थियो। तिनीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस्‍न भनी तिनले हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब कसैले आएर दावीदलाई ती मानिसहरूको बारेमा भनिदिए, तब तिनले उनीहरूलाई भेट्न दूतहरू पठाए; किनकि तिनीहरूको ठूलो अपमान भएको थियो। राजाले भने, “तिमीहरूका फेरि दाह्री नबढुन्जेल यरीहोमै बस्‍नू, त्यसपछि मात्र फर्कनू।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदका मानिसहरूलाई घर जान अप्ठेरो पर्यो। केही मानिसहरू दाऊद कहाँ गए अनि तिनका मानिसहरू प्रति के घटना घटयो सो भने। यसर्थ राजा दाऊदले आफ्ना मानिसहरूलाई यो समाचार पठाए “तिनीहरू तिमीहरूको दाह्री फेरि नबढुञ्जेल यरीहो शहरमै बस्नु। त्यस पछि तिमीहरू घर फर्केर आउन सक्छौ।”