1 Chronicles 19:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हामी दाऊदका आँखाका कसिङ्गर बनियौं भनी हानून राजा र अम्मोनीहरूले बुझे। यसकारण तिनीहरूले माथिल्लो अराम-नाहारैम र अराम-माका र सोबा भन्ने अरामी देशहरूबाट रथ र सारथीहरू भाडामा ल्याउन चौँतीस हजार किलोग्राम चाँदी ज्याला पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अम्मोनीहरूले आफूहरूलाई दाऊदको दृष्टिमा घृणित तुल्याएछौं भनी थाहा पाए, तब हानून र अम्मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्यालामा ल्याउन एक हजार तोड़ा चाँदी पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अम्मोनीहरूले आफूहरू दावीदको दृष्टिमा घृणित भएको थाहा पाए, तब हानून र अम्मोनीहरूले अराम-नहरैम, अराम-माका र सोबाबाट रथहरू र घोडचढीहरू भाडामा लिनलाई एक हजार टालेन्ट चाँदी पठाए।
Nepali ERV (पवित्र बाइबल)
अम्मोनीहरूले सोचे कि दाऊदले तिनीहरूलाई उसको शत्रु हो भन्ने विचार गरे। तब तिनीहरूले 1,000 तोडा चाँदी प्रयोग गरेर मिसुपुतामियाबाट रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। तिनीहरूले अराम-माका अनि सोबाबाट पनि रथहरू अनि सारथिहरू ज्यालामा ल्याए।