1 Chronicles 19:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले बत्तीस हजार रथ भाडामा लिए। माकाका राजाका सेना आएर मेदबाका छेउमा छाउनी हालेर बसे। अम्‍मोनीहरू पनि सबै सहरबाट निस्‍किआए र लडाइँ गर्न तयार भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्‍यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्‍ने छाउनी बनाए। अम्‍मोनीहरूचाहिँ आ-आफ्‍ना सहरहरूबाट आएर लड़ाइँको निम्‍ति भेला भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले बत्तीस हजार रथहरू र घोडचढीहरू, साथै माकाका राजालाई तिनका सेनासँगै भाडामा लिए, जसले आएर मेदेबा सहरको छेउमा छाउनी हाले। अम्मोनीहरू चाहिँ तिनीहरूका सहरहरूबाट भेला भएर लडाइँको निम्ति निस्किए।
Nepali ERV (पवित्र बाइबल)
अम्मोनीहरूले 32,000 रथहरू ज्यालामा ल्याए। तिनीहरूले मकाका राजा अनि तिनका सेनालाई सहायता गर्न आउनु भनी तिनीहरूलाई ज्याला दिए। माकाका राजा र उसका सैनिकहरू आए अनि मेदबा शहरको नजिकमा छाउनी बसाए। अम्मोनीहरू आफैं आफ्ना शहरहरू बाट बाहिर आए र युद्धका निम्ति तयार भए।